एनपीएल : लुम्बिनी फाइनलमा – Kanika Khabar
Tuesday, November 17Nepali News Portal

एनपीएल : लुम्बिनी फाइनलमा

    मा प्रकाशित

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले सोझै फाइनल यात्रा तय गरेको हो।

सुदूरपश्चिमले दिएको १०५ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले १६ ओभर ४ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । लुम्बिनीका निरोशन डिकवेलाले ३७ बलमा ३ छक्का र ७ चौकासहित अविजित ५९ रनसहित अर्धशतकीय पारी खेले ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्