यो वर्ष पर्वतमा सुन्तला उत्पादन बढ्ने – Kanika Khabar
Saturday, January 17Nepali News Portal

यो वर्ष पर्वतमा सुन्तला उत्पादन बढ्ने

    मा प्रकाशित

रोशन तिवारी
कार्तिक २३, पर्वत ।
पर्वत जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा गत वर्षभन्दा ५ प्रतिशतले वृद्धि हुने भएको छ । जिल्लामा गत वर्ष ३ हजार ६ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष ५ प्रतिशतभन्दा बढीले वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । केन्द्रका अनुसार यो वर्ष झण्डै तीन हजार ८ सय ३२ मेट्रिक टनभन्दा बढी सुन्तला उत्पान हुने भएको हो । यस वर्ष अनुकुल मौसम, केही मात्रामा क्षेत्रफल पनि वृद्धि भएको र रोग किराको प्रकोप कम भएकाले सुन्तला उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो । जिल्लामा विगत केहि वर्षदेखि सुन्तला उत्पादन निरन्तर बढेको छ। गत वर्ष पनि अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले वृद्धि भएको थियो । सुन्तलाको फल लाग्ने बेला केही ठाउँमा असिनाले क्षति गरेको भए पनि समग्र उत्पादनमा भने वृद्धि भएको हो । पर्वतमा ७ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको रेग्मीले जानकारी दिनुभयो । किसानले मल, किटनाशक विषादिको प्रयोग, बगैचा सुधार गरेको तथा यसवर्ष हावाहुरी असिनाले मुख्य पकेट क्षेत्रहरुमा असर नपारेका कारण सुन्तला उत्पादनमा बढेको रेग्मीले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पर्वतको जलजला क्षेत्र र मोदी गाउँपालिकाका विभिन्न वडालाई जोनको रुपमा विकास गरिएको छ । जलजला गाउँपालिकाको बाँसखर्क, लेखफाँट, माझफाँट, बनौ, कुश्मा नगरापालिकाको दुर्लुङ, मोदी गाउँपालिकाको बाजुङ, देउपुर, चित्रे, तिलाहार, महाशीला गाउँपालिकाको भोक्सिङ, होश्राङदी, पैंयु गाउँपालिकाको हुवास, त्रिवेणी, टकलाक, विहादि गाउँपालिकाको बाच्छा, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, लिमीठाना र ठानामौलामा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ । जिल्लामा सवैभन्दा बढी बाँसखर्कमा झण्डै यस वर्ष पाँच करोडको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ भने मोदी गाउँपालिका–२ देउपुरमा तीन करोडभन्दा बढीको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्