विश्व स्वास्थ्य सङ्गठनकाे चेतावनी – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

विश्व स्वास्थ्य सङ्गठनकाे चेतावनी

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १, दाङ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस कोभिड १९ को समस्या हट्न लामो समय लाग्न सक्ने चेतावनी दिएको छ ।

एउटा कार्यक्रममा बोल्दै विश्व स्वास्थ्य संगठनका आपतकालिन निर्देशक डा. माइक रायनले कोरोना भाइरस कहिले पनि हट्न नसक्ने चेतावनी दिनुभएको हो । डा. रायनले यदिखोप भेटिए पनि विश्वभरि नै पुर्‍याउन समय लाग्न सक्ने बताएको विविसिले लेखेको छ ।

विश्वभर कोरोनाका कारण ४४ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । १६ लाख ५८हजार सङ्क्रमित उपचारपछि निको भएर फर्किएका छन् । २ लाख ९८हजार ८३ जनाको भने मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्