तास खेलिरहेको अवस्थामा १० जना पक्राउ – Kanika Khabar
Sunday, January 18Nepali News Portal

तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
कार्तिक २३, भक्तपुर

तास खेलिरहेको अवस्थामा भक्तपुरको चाँगुनारायण नगरपालिका बाट १० जना पक्राउ परेका छन् । आज दिउँसो भक्तपुर नगरपालिका २ कालोपाटीबाट तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । प्रक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्ने ४० वर्षीय नवराज श्रेष्ठसहित १० जना रहेका छन् । सोही ठाउँस्थित तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख १२ हजार ३ सय ५० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरि यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्