दाङको घोराही उपमहानगरपालिकामा १ हजार १ जना कोरोना सङ्क्रमित – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

दाङको घोराही उपमहानगरपालिकामा १ हजार १ जना कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
कार्तिक २४, दाङ ।


दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा हालसम्म १ हजार १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

घोराही उपमहानगरपालिका स्वास्थ्य उपमहाशाखाका अनुसार हालसम्म ३ हजार ८ सय १६ जनाको पिसिआर परीक्षण गरिएको छ । पिसिआर परीक्षणमध्ये १ हजार १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये ६ सय ३८ जना कोरोना मुक्त भएका छन् । ३ सय ५६ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ७ जनाको मृत्यु भएको छ । हिजो आइतबामर मात्रै २२ जना नयाँ सङ्क्रमित थपिएको उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्