दाङको घोराही उपमहानगरपालिकामा १ हजार १ जना कोरोना सङ्क्रमित – Kanika Khabar
Saturday, January 17Nepali News Portal

दाङको घोराही उपमहानगरपालिकामा १ हजार १ जना कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
कार्तिक २४, दाङ ।


दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा हालसम्म १ हजार १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

घोराही उपमहानगरपालिका स्वास्थ्य उपमहाशाखाका अनुसार हालसम्म ३ हजार ८ सय १६ जनाको पिसिआर परीक्षण गरिएको छ । पिसिआर परीक्षणमध्ये १ हजार १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये ६ सय ३८ जना कोरोना मुक्त भएका छन् । ३ सय ५६ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ७ जनाको मृत्यु भएको छ । हिजो आइतबामर मात्रै २२ जना नयाँ सङ्क्रमित थपिएको उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्