कनिका खबर
कार्तिक २४, काठमाडौँ ।
कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाका कारण विदेशमा अलपत्र नेपालीको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । अहिलेसम्म १ लाख ३६ हजार २ सय १६ जनाको उद्धार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।
विभिन्न देशमा रहेका नेपाली कूटनीतिक नियोगले लगभग उद्धारको काम सकिएको जानकारी गराएपछि बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । कुनै देशबाट पुनः उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ । केबलकार सञ्चालन, जंगल सफारी, साहसिक पर्यटन लगायतका पर्यटकिय गतिविधि खुला गर्ने पनि सीसीएमसीको प्रस्ताव छ ।
मा प्रकाशित


