वन्यजन्तु मुद्दाका फरार अभियुक्त कारागार चलान – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

वन्यजन्तु मुद्दाका फरार अभियुक्त कारागार चलान

    मा प्रकाशित

कनिका संवाददाता
कार्तिक २४, नुवाकोट ।
वन्यजन्तु मुद्दामा दोषी ठहरिएर फरार नुवाकोटका एक अभियुक्त कारागार चलान भएका छन् । नुवाकोट जिल्ला अदालतको गत २०७६ साल फागुन १ गतेको फैसला अनुसार वन्यजन्तु मुद्दामा दोषी ठहरिएका समयदेखि नै फरार रहेका उनलाई नुवाकोट प्रहरीले पक्राउ गरि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । अदालतले पाँच बर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकेर फैसला गरेकोमा त्यसबेलादेखि नै फरार रहेका बेलकोटगढी नगरपालिका वडा नं.७ का ३७ वर्षिय कृष्णलाल श्रेष्ठलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी पमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार श्रेष्ठले आफ्नो वास्तविक पहिचान लुकाई लुकीछिपी बसिरहेको अवस्थामा खटिएको प्रहरी टोलीले पक्राउ गरी हिजो नुवाकोट जिल्ला अदालत पेश गरेकोमा प्रतिबादी श्रेष्ठलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि नुवाकोट जिल्ला कारागार ढुंगे चलान गरिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्