घोराही नगर नेविसंघको आयोजनामा रक्तदान कार्यक्रम – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

घोराही नगर नेविसंघको आयोजनामा रक्तदान कार्यक्रम

    मा प्रकाशित

सञ्जिव पछाइ
कार्तिक २४, दाङ ।
नेविसंघ घोराही नगर कमिटीको आयोजनामा आज सोमबारमा दाङको घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा रगतको अभाव देखिन थालेपछि रक्तदान कार्यक्रमको आयोजना गरेको कमिटीका सभापति निरज पाण्ड्येले बताएका छन् ।
घोराहीमा रहेको रक्त सञ्चार केन्द्रमा ब्लडको अभाव भएपछि नेपालमा विद्यार्थी संघले रक्तदान गरेको हो ।

कार्यक्रममा २५ जनाले रक्तदान गरेको नेपाल विद्यार्थी संघ घोराही नगर सभापति पाण्डेयले जानकारी दिएका छन् ।

ब्लडको अभावमा कुनै पनि विरामीले समस्या भोग्न नपरोस भन्ने उद्देश्यले आफुहरुले रक्तदान गरेको समेत नगर सभापति पाण्डेयले बताएका छन् । कोरोना भाइरसका कारण रक्तदानका कार्यक्रमहरु हुन नसक्दा रक्त सञ्चार केन्द्रमा पटक पटक व्लडको समस्या हुदै आएको छ ।
रक्तदान कार्यक्रमको प्राविधिक सहयोग घोराहीस्थित ब्लड बैकले गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्