कनिका खबर
कार्तिक २४, दाङ ।
सत्तारुढ दल केकपाका अध्यक्ष तथा धानमँत्री केपी शर्मा ओलीसँग बस्ने भनिएको कार्यदलको बैठक स्थगित भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट विघटित कार्यदलका सदस्यहरु अनुपस्थित भएपछि कार्यदलका सदस्यहरुसँगको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।
कार्यदलका ६ सदस्यमध्ये प्रचण्ड समूहका जनार्दन शर्मा र पम्फा भुसाल अनुपस्थित भएपछि छलफल स्थगित भएको हो।
ओलीसँग छलफल गर्न भनी कार्यदलका सदस्य खासगरी ओली निकट शंकर पोखरेल, विष्णु पौडेल र नेपाल निकट भीम रावल र सुरेन्द्र पाण्डे बालुवाटार पुगेर प्रधानमन्त्रीको सचिवालयको हलमा कुरिरहेका थिए तर प्रचण्ड निकट दुई जनानै बैठकमा उपस्थिति नहुने भएपछि स्गगित गरिएको हो ।


