मुगुका सबै पालिकामा देउसी भैलो प्रतिबन्ध – Kanika Khabar
Monday, August 24Nepali News Portal

मुगुका सबै पालिकामा देउसी भैलो प्रतिबन्ध

    मा प्रकाशित

कनिका खबर
कार्तिक २४, मुगु
मुगुमा यस वर्षको तिहारमा देउसी भैलो खेल्न निषेध गरिएको छ । कोभिड १९ को कारण यस वर्ष जिल्लाका सबै स्थानीय तहहरुमा देउसी भैलो खेल्न रोक लगाईएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । कार्यालका अनुसार जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिका,सोरु गाउँपालिका , खत्याड गाउँपालिका र मुगुमकार्मारोङ् गाउँपालिकामा देउसी भैलो खेल्न रोक लगाईएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जानकारी दिनु भयो । देउसी भैलोको कार्यक्रममा धेरै जमघट हुने र कोरोना सङ्क्रमणको जोखिम झन उच्च हुने भएकाले यस वर्ष नगरपालिका र गाउँपालिकाका सबै वडाहरुमा जिल्ला सुरक्षा समितिले देउसी भैलो नखेल्न अनुरोध गरेको हो । जिल्ला सुरक्षा समितिले तिहारमा देउसी भैलो नखेल्न सबै स्थानीय तहहरुलाई पत्राचार समेत गरिसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्