व्यापारिक अपराध गर्नेलाई पहिलो पटक कैद सजाय सुनाइयो – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

व्यापारिक अपराध गर्नेलाई पहिलो पटक कैद सजाय सुनाइयो

    मा प्रकाशित

कनिका खबर
कार्तिक २५, काठमाडौँ ।
सरकारले उपभोक्ता संरक्षण ऐन २०७५ ल्याएपछि व्यापारिक अपराध गरे बापत पहिलो पटक कैद सजाय सुनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुमा पुनःनयाँ मिति राख्दै गर्दा पक्राउ परेकालाई एक वर्ष कैदसहित जरिवाना गर्ने ऐन आएपछिको पहिलो कैद सजाय सुनाइएको हो । स्नीकर्स चकलेट, हर्लिक्स, बर्नभिटा, केकको परिकार लगायतकादर्जनौँ म्याद गुज्रेका उपभोग्य वस्तुमा नयाँ लेबल लगाएर बिक्री गर्ने आयान डिस्टिब्युर्टसका व्यवस्थापक रोनक बोहरा र कामदार शंकर बयलकोटीलाई विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीको इजालासले एक वर्ष कैद र जनही ३ लाख रुपैयाँ जरिवाना सुनाएको हो । जनही ३ लाख १२ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ ले यस्ता मुद्धामा सुरु कारबाहीगर्नेअधिकार विभागका महानिर्देशकलाई नै दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्