अनुगमन गर्दा दर्ताबिहीन पसल भेटिएपछि ….. – Kanika Khabar
Friday, January 23Nepali News Portal

अनुगमन गर्दा दर्ताबिहीन पसल भेटिएपछि …..

    मा प्रकाशित

कनिका खबर
कार्तिक २५, दाङ ।
चाडपर्व नजिकिदै गर्दा दाङको बिजौरीका अधिकांस पसलहरु दर्ताबिहीन रहेको पाइएको छ ।

सोमबार तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले अनुगमन गरेको छ ।

उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेबा रावतको संयोजकत्वमा वडा नम्बर १८ का वडाध्यक्ष माधब वली, उपभोक्ता हित अधिकार मंचका अध्यक्ष केशव कुमार शर्मा, बिजौरी उद्योग बाणिज्य संघका महासचिव बिदुर गौतम, हेमन्तपुर प्रहरी चौकीका इन्चार्ज इन्द्र पाल, साक्षी खबर पत्रिकाका सम्पादक राकेश बस्नेतलगायतको टोलीले बिजौरी बजार अनुगमन गरेको छ ।

अनुगमनका क्रममा बिजौरीका विभिन्न पसलहरुबाट म्याद नाघेका किराना सामानहरु, कस्मेटिक सामान, खाद्य वस्तुहरु जफत गरिएको छ भने गिरी सप्लायर्सबाट २३ वटा ड्यू, केसी मदिरा पसलबाट ३ वटा सानो र ३ वटा ठूलो गरी ६ वटा ड्यू बरामत गरी नष्ट गरिएको छ ।

अनुगमनका क्रममा उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा अनुगमनमा गएको टोलीले बिजौरीका पसलहरुमा मुल्य सुची राख्न, पसलको नामसहतिको साइनबोर्ड राख्न, उपमहानगरपालिकामा अनिवार्य पसल दर्ता गर्ने र फेन्सी पसलहरुले आफ्ना सामानहरुमा खारिदको बढिमा २० प्रतिशत उपभोक्ताले बुझ्ने गरी मुल्य सुची राख्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

साथै अनुगमन टोलीले म्याद नाघेका खाद्यान्न वस्तुहरु विक्री वितरण नगर्न समेत व्यापारीहरुलाई आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्