मा प्रकाशित
कनिका खबर
कार्तिक २५, दाङ ।
आज नेपाली सुन बजारमा एकै दिन सुनको मूल्य प्रतितोला ३ हजार ४०० रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको भाउ आज ९४ हजार ८०० रूपैयाँ कायम गरिएको छ ।
तेजाबी सुनको भाउ ९४ हजार ३०० रूपैयाँ कायम गरिएको छ । सोमबार तेजाबी सुनको भाउ तोलामा ९७ हजार ७०० रूपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला एक हजार २८५ रूपैयाँ कायम रहेको चाँदीको भाउ आज एक हजार २१५ रूपैयाँ कायम गरिएको छ ।


