नेकपा विवाद : ओलीलाई साँझ ४ बजेसम्म सम्म सचिवालय बैठक बोलाउन अल्टिमेटम, ओलीले नबोलाए प्रचण्डले बैठक बोलाउने – Kanika Khabar
Saturday, June 6Nepali News Portal

नेकपा विवाद : ओलीलाई साँझ ४ बजेसम्म सम्म सचिवालय बैठक बोलाउन अल्टिमेटम, ओलीले नबोलाए प्रचण्डले बैठक बोलाउने

    मा प्रकाशित

कनिका खबर
कार्तिक २५, काठमाडौँ ।
नेकपाभित्रको विवाद झनै चर्किदै जान थालेको छ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउने सहमति नदिने संकेतपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औपचारिक बैठक बोलाउने तयारी थालेका छन् ।
यता नेकपा सचिवालयका बहुमत सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई आज बेलुकीसम्मको अल्टिमेटम दिएका छन् ।

बहुमत सदस्यले ओलीलाई मंगलबार बेलुकी ४ बजेसम्म बैठक बोलाउन अल्टिमेटम दिएका छन् । सो समय सीमासम्म ओलीले सहमति नदिए अध्यक्ष दाहालले बैठक राख्ने तयारी गरेको उनी निकट स्रोतले बतायो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्