७० करोडको अडियो सार्वजनिक गर्ने मिश्रले अदालतलाई लेखे प्रतिउत्तर – Kanika Khabar
Saturday, January 17Nepali News Portal

७० करोडको अडियो सार्वजनिक गर्ने मिश्रले अदालतलाई लेखे प्रतिउत्तर

    मा प्रकाशित

कनिका खबर
कार्तिक २५, दाङ ।
पूर्व सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोडको अडियो सार्वजनिक गर्ने मिश्रले अदालतलाई प्रतिउत्तर बुझाएका छन् ।
बाँस्कोटालृे सुरक्षण मुद्रण खरिदमा ७० करोड घुसको मोलमोलाई गरेको अडियो सार्वजनिक गर्ने विजय मिश्रले आज मंगलबार जिल्ला अदालत काठमाडौंमा प्रतिउत्तर पत्र पेश गरेका हुन् ।
अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट बाँस्कोटाले राजीनामा दिएका थिए । बाँस्कोटाले अडियो सार्वजनिक गरी आफ्नो बेइज्जती गरेको र अनाधिकृत रुपमा अडियो रेकर्ड गरेको, अडियोमा छेडछाड गरेको भन्दै उनीमाथि कारबाहीका लागि जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

हाल जापानमा रहेका मिश्रले काठमाडौं महानगरपालिका वडा नम्बर १२ बस्ने आजद कार्कीलाई वारेस बनाएर मंगलबार प्रतिउत्तर दिएका हुन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्