अब धादिङमा पनि पिसिआर जाँच – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

अब धादिङमा पनि पिसिआर जाँच

    मा प्रकाशित

कनिका खबर
कार्तिक २५, धादिङ ।
अब धादिङमा पनि पिसिआर जाँच हुने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै आरटी पिसिआर परीक्षण गर्न माग भएको बेला धादिङमै पिसिआर परीक्षण हुने भएको हो ।

कोरोना लागे नलागेको परीक्षण गर्ने पिसिआर मेसिन राखेर धादिङबेंसीमा स्वाब परीक्षण गर्ने नीतिगत निणर्य भएको जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले बताए ।सांसद खेम लोहनी, भूमि त्रिपाठी र जिल्ला समन्वय समितिका प्रमुख नेपालको पहलमा पिसिआर मेसिन जिल्लामा ल्याउन लागिएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलको अध्यक्षतामा बसेको केन्द्रीय कोरोना कोषको बैठकले रु एक करोडको लागतमा पिसिआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढेको बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्