प्रधानमन्त्री ओली संखुवासभा जाँदै – Kanika Khabar
Friday, January 23Nepali News Portal

प्रधानमन्त्री ओली संखुवासभा जाँदै

    मा प्रकाशित

कनिका खबर
कार्तिक २६, काठमाडौँ ।
आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओली आज सङ्खुवासभा जाने भएका छन् । अहिले बिहान साढे ८ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले त्यहाँ सञ्चालित विभिन्न आयोजनाको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।।

उता संखुवासभामा प्रधानमन्त्री ओली सङ्खुवासभा जाने भएपछि तयारी पनि तीव्र पारिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताएका छन् ।

साथै प्रधानमन्त्री ओली सुरूवातमा चीनसँग सीमा जोडिएको उत्तरी नाका किमाथाङ्का पुग्ने कार्यक्रम तय भएको छ । यस्तै उनले भोटखोला गाउँपालिका १ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गर्नेछन् ।

ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्