लमजुङमा जुवाखालबाट साढे ११ लाख सहित १४ जना जुवाडे पक्राउ – Kanika Khabar
Saturday, January 17Nepali News Portal

लमजुङमा जुवाखालबाट साढे ११ लाख सहित १४ जना जुवाडे पक्राउ

    मा प्रकाशित

कनिका खबर
कार्तिक २६, लमजुङ ।
जिल्ला प्रहरी कार्यालय लमजुङले जुवा खेल्दै गरेको अवस्थामा नगद ११ लाख ४७ हजार ८ सय ४२ रुपैयाँसहित १४ जना जुवाडेलाई पक्राउ गरेको छ ।
मध्यनेपाल नगरपालिका १ जिता सरेदिस्थित सुदिप थापाले सञ्चालन गरेको बाख्रा फर्मबाट मंगलबार अपरान्ह ४ बजे उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।
उहाँका अनुसार हारजितको बाजी राखी जुवातास खेल्ने खेलाउने गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
डिएसपी थापाको कमाण्डमा गएको प्रहरी टोलीले उक्त फर्मलाई घेराबन्दी गरी जुवाखालबाट नगदसहित १४ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ११ लाख ४७ हजार ८ सय ४२ रुपैयाँसहित सिल प्याक तास ३ गड्डी र खुल्ला तास ३१५ पत्ति बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्