कोरोना संक्रमितलाई टेलि मेडिसिन सेवा दिन इच्छुक स्वास्थ्यसंस्थालाई सम्पर्कमा आउन आग्रह – Kanika Khabar
Friday, November 13Nepali News Portal

कोरोना संक्रमितलाई टेलि मेडिसिन सेवा दिन इच्छुक स्वास्थ्यसंस्थालाई सम्पर्कमा आउन आग्रह

    मा प्रकाशित

कनिका खबर
कार्तिक २६, दाङ ।
पछिल्लो समयमा होम आइसोलेसनमा बस्ने कोरोना सङ्क्रमितको संख्या वृद्धि भइरहँदा सरकारले कोरोना संक्रमितलाई टेलि मेडिसिन सेवा दिन इच्छुक स्वास्थ्यसंस्थालाई सम्पर्कमा आउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा हुने कोरोना संक्रमितलाई टेलि मेडिसिन सेवा दिन इच्छुक स्वास्थ्यसंस्थालाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले कोरोना संक्रमणको समयमा होम आइसोलेसनमा रहेका संक्रमितलाई टेलिमेडिसिन सेवाद्वारा स्वास्थ्य सेवा परामर्श सामान्य उपचार, थप आवश्यक सूचना प्रदान गर्न इच्छुक स्वास्थ्यसंस्थालाई सूचीकृत हुन आग्रह गरेको हो ।

सेवा दिन इच्छुक स्वास्थ्यसंस्थाका सेवा प्रदायक स्वास्थ्यकर्मीहरु सम्बन्धित परिषद्हरुमा दर्ता हुनुपर्ने पनि महाशाखाले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्