नेकपाका उपाध्यक्ष गौतम राष्ट्रिय सभा सदस्य हुन बाधा नपर्ने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

नेकपाका उपाध्यक्ष गौतम राष्ट्रिय सभा सदस्य हुन बाधा नपर्ने

    मा प्रकाशित

कनिका खबर
कार्तिक २६, काठमाडौँ ।
नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य हुन तत्कालका लागि कुनै बाधा नपर्ने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुन रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको हो ।
आज बुधबारको यो आदेशसँगै यसअघि सर्वोच्च अदालतले गौतमलाई थप जिम्मेवारी नदिनु भनी सर्वोच्च अदालतले नै दिएको अल्पकालीन अन्तरिम आदेश पनि निष्प्रभावी बन्न पुगेको छ । सर्वोच्च अदालतको आदेशपछि गौतम राष्ट्रिय सभा सदस्यको हैसियतमा काम गर्न पाउनेछन् । उनी संसदीय समितिकै सदस्य बन्न वा मन्त्री बन्न समेत बाधा हुने छैन । सर्वोच्च अदालतले आजको संवैधानिक इजलासको आदेशको विवरण सार्वजनिक गरिसकेको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्