दाङमा चितुवाका छालासिहत २ जना पक्राउ – Kanika Khabar
Sunday, May 19Nepali News Portal

दाङमा चितुवाका छालासिहत २ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
कार्तिक २६, दाङ ।
दाङमा चितुवाको छालासिहत २ जना पक्राउ परेका छन् । जिल्लामा चितुवाको छाला र लागु औषध अफिमसहित २ जना पक्राउ परेका हुन् । घोराही उपमहानगरपालिका वडा नम्बर ८ बनगाउँबाट घोराही १२ का २६ वर्षीय मधु डाँगी र प्युठान जिल्ला नौवहिनी गाउँपालिका वडा नम्बर ५ का २७ वर्षीय धनसिंह टमटा पक्राउ परेका हुन ।

हिजो मंगलबार साँझ ८ बजे बनगाउँमा चितुवाको छाला र लागु औषध अफिमको कारोवार भई राखेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ३ किलो ७ सय ५० ग्राम लागु औषध ९अफिम० र ६ फिट ११ ईन्च लामो चितुवाको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्