खाद्यान्ननका लागि काम सुरु – Kanika Khabar
Thursday, March 20Nepali News Portal

खाद्यान्ननका लागि काम सुरु

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १, दाङ ।

दाङको तुलसीपुर उपमहानगरपालिकाले खाद्यान्नका लागि कामको सुरुवात गरेको छ । कोरोना संक्रमणका कारण भएको लकडाउनले दैनिक ज्याला मजदुरी गर्नेको काम खोसिएको भन्दै उपमहानगरपालिकाले खाद्यान्नका लागि कामको अभियान अगाडि सारेको थियो ।
श्रम वैकमा काम गर्न इच्छुकले वडा कार्यालय मार्फत फाराम भरेर सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको विपद् व्यवस्थापन शाखाका अधिकृत भिमप्रकाश खत्रीले जानकारी दिए । उनले वडाले आवश्यकताका आधारमा योजनाको छनोट गरेर आवश्यक श्रमिक संख्याको आधारमा सिफारिस गरेको पनि वताए ।
सरसफाई, सडक निर्माण, वृक्षारोपण लगायतका विभिन्न योजनाका काममा उनीहरुलाई लगाइने गरी उपमहानगरपालिकाले कार्यविधि समेत वनाएको प्रमुख खत्रीले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्