बिमा दावी भुक्तानी बिमा कम्पनीहरुले दिन सुरु, अझै १३ हजार दावी भुक्तानी हुन बाँकी – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

बिमा दावी भुक्तानी बिमा कम्पनीहरुले दिन सुरु, अझै १३ हजार दावी भुक्तानी हुन बाँकी

    मा प्रकाशित

कनिका खबर
कार्तिक २७, काठमाडौँ ।
केही महिना यता रोकिएको कोरोना बीमा दावी भुक्तानीबीमा कम्पनीहरूले दिन सुरु गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशनपछि ७ दिनभित्रै दावी भुक्तानी दिने व्यवस्था गर्न ५ दिनअघि बीमा कम्पनीहरूलाई बीमा समितिले भनेको थियो । यो निर्देशनपछि कम्पनीहरूले दावी भुक्तानीको कामलाई पहिलो भन्दा तीव्रता दिएका छन् ।
२ महिना यता निजी ल्याबमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पेश गरेका बिमितलाई कम्पनीले भुक्तानी दिएका थिएनन् । सरकारी ल्याबमा परीक्षण गराएकाहरुलाई पनि निकै ढिला गरेरमात्रै दाबी भुक्तानी दिइरहेका थिए । पछिल्लो समय बीमा कम्पनीहरूले दावी भुक्तानी जतिसक्दो चाँडो गर्न थालेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । ५ दिनमा ३ हजार ५ भन्दा बढीले कोभिडबीमा दावी भुक्तानी पाइसकेका छन् । अझै १३ हजार दावी भुक्तानी हुन बाँकी नै छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्