भारतले गोर्खा राइफल्स रेजिमेन्टमा आफ्नै देशका युवाहरुलाई बढी प्राथमिकता दिने – Kanika Khabar
Saturday, August 15Nepali News Portal

भारतले गोर्खा राइफल्स रेजिमेन्टमा आफ्नै देशका युवाहरुलाई बढी प्राथमिकता दिने

    मा प्रकाशित

कनिका खबर
कार्तिक २७, काठमाडौं
नेपालमा गोर्खा भर्ती रोक्नुपर्ने माग बढिरहेका बेला भारतले गोर्खा राइफल्स रेजिमेन्टमा आफ्नै देशभित्रका युवाहरुलाई बढी प्राथमिकता दिने नीति अगाडि बढाएको छ । हालै भारतीय सेनाले उत्तराखण्ड राज्यको गढवाल र कुमाउका युवालाई गोर्खा पल्टनमा भर्ना लिने नीतिगत निर्णय लिएको छ । यस अगाडि उनीहरुले गोर्खा पल्टनमा भर्ना हुन पाउँदैनथिए । नेपाल र भारतबीच अन्य विभिन्न विषयमा पुनरावलोकन गर्ने गृहकार्य भए पनि गोर्खा भर्तीका बारेमा भने अहिलेसम्म औपचारिक कुराकानी भएको छैन । कुमाउ र गढवाली युवालाई प्रवेश गर्न दिने नयाँ नीतिले अहिले नै धेरै प्रभाव नपर्ने बताइएको छ । भारतले केही दशकयता नेपाली युवाहरुको सङ्ख्यालाई भने कमी गर्दै आइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्