कनिका खबर
कार्तिक २७, दाङ ।
सत्तारुढ दल नेकपाको सचिवालय बैठकको पूर्व सन्ध्यामा आज बिहीबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्यहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले भोलि शुक्रबार दिउँसो ४ बजेका लागि सचिवालय बैठक डाकेका छन् । बैठकको पूर्वसन्ध्यामा सचिवालय बैठकबारे धारणा तय गर्न अध्यक्ष प्रचण्डले खुमलटारमा पाँच जना सचिवालय सदस्यहरुसँग छलफल गरेका हुन् ।
पटक–पटकको आग्रह र अल्टिमेटमपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक बोलाउन तयार भएका छन् ।
बिहीवारको भेटमा सबै सदस्यहरुबीच शुक्रबारको बैठकमा एकमतका साथ प्रस्तुत हुने सहमति भएको एक नेताले जानकारी दिए ।


