नक्कली नोट छाप्दाछाप्दै ३ जना पक्राउ – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

नक्कली नोट छाप्दाछाप्दै ३ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
कार्तिक २७, सिरहा ।
सिरहामा नक्कली नोट छाप्दा छाप्दै ३ जना रंगेहात पक्राउ परेका छन् । जिल्लाको गोलबजारमा नक्कली नोट छाप्दै गरेका तीन जनालाई सशस्त्र प्रहरीले रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षीय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय धिरज यादब र २० वर्षीय सन्जे राय रहेका छन् ।

विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । केही दिन अघिदेखि सो ठाउँमा डेरा गरी बसेका उनीहरुलाई नक्कली नोट छापिरहेको अबस्थामा पक्राउ गरिएको उनले बताए ।

प्रहरीले उनीहरुको डेराबाट ३ थान मोवाईल, १ थान ल्यापटक, १ थान कलर प्रिन्टर र कागज काट्न प्रयोग गरिने चक्कु समेत थान बरामद गरेको छ ।

प्रहरीका अनुसार ३ लाख नक्कली नोट पूर्णरुपमा तयारी अवस्थामा र ३ लाख ८४ हजार फोटोकपी पेपरमा प्रिन्ट गरी काट्न वाँकी रहेको अवस्थामा बरामद गरेको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्