जिल्लाभित्रको सवारी पास पनि खारेज – Kanika Khabar
Friday, April 19Nepali News Portal

जिल्लाभित्रको सवारी पास पनि खारेज

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १, काठमाडौँ ।

आउँदो शनिबारबाट जिल्लाभित्र सवारी चलाउनका लागि दिएका सवारी पास खारेज हुने भएका छन् ।
आज बिहीबार बसेको गृह मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको हो । बैठकबाट गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको हो ।

बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास शनिबारबाट खारेज गर्ने निर्णय गरेको बैठकपछि गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले जानकारी दिएका छन् ।

यसअघि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्