लिबियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु – Kanika Khabar
Saturday, January 17Nepali News Portal

लिबियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु

    मा प्रकाशित

एजेन्सी- लिबियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ ।
लिवियाको खोमस तटमा डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको

आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (आइओमएम)लाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।
१२० जना सवार उक्त डुंगा दुर्घटना भएलगत्तै ४७ जनाको जीवितै उद्धार गरिएको जनाइएको छ ।
गत अक्टोबरदेखि भूमध्यसागरमा रहेको उक्त डुंगा समुद्र पार गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।
डुंगामा सवार अधिकांश महिला र बालबालिका रहेका थिए ।  लिवियामा वर्षेनी डुंगा दुर्घटनामा सयौंको मृत्यु हुने गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्