७७ जिल्लाका कार्यालयलाई प्रभावकारी रुपमा काम गर्न महान्यायाधिवक्ताको कार्यालयको निर्देशन – Kanika Khabar
Sunday, May 10Nepali News Portal

७७ जिल्लाका कार्यालयलाई प्रभावकारी रुपमा काम गर्न महान्यायाधिवक्ताको कार्यालयको निर्देशन

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, काठमाडौं
महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयले ७७ जिल्लाका आफ्ना मातहतका कार्यालयलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएको छ । महान्यायाधिवक्ताको कार्यालयले हिजो ७७ वटै जिल्लाका सरकारी वकिलको कार्यालय प्रमुख र ७७ जिल्लाकै जिल्ला प्रहरी कार्यालयका प्रमुखको उपस्थितिमा आयोजित भर्जुअल बैठकमा महान्याधिवक्ता अग्नि खरेल र प्रहरी महानिरीक्षक शैलेश थापाले यस्तो निर्देशन दिनुभएको हो । महान्यायाधिवक्ता खरेलले पछिल्लो समयमा गम्भीर प्रकृतिका फौजदारी कसूरमा पनि स्थानीय स्तरमा मेलमिलाप हुने र अपराधलाई कानूनी प्रक्रियामा ल्याई कानून कार्यान्वयनको प्रभावकारिताको सन्देश दिनुपर्नेतर्फ क्रियाशील हुन निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक थापाले न्यायका लागि आउने व्यक्तिसँग सभ्य व्यवहार गर्नुपर्नेमा बताउदैँ प्रमाणमुखी अनुसन्धानमा जोड दिन आग्रह गर्नुभयो । महान्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित कार्यक्रममा नायब महान्यायाधिवक्ता, प्रहरी अतिरिक्त महानिरीक्षक, सहन्यायाधिवक्ता, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख, ७७ वटै जिल्लाका सरकारी वकील कार्यालयका प्रमुख र जिल्ला प्रहरी प्रमुखको भर्चुअल उपस्थिति थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्