म्यानमारमा सम्पन्न निर्वाचनप्रति सेना समर्थित दलको असहमति – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

म्यानमारमा सम्पन्न निर्वाचनप्रति सेना समर्थित दलको असहमति

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, दाङ
म्यानमारमा हालै सम्पन्न निर्वाचनप्रति सेना समर्थित राजनीतिक दलले असहमति जनाएको छ । सेनाको समर्थन रहेको विपक्षी दल युनियन सोलिडारिटी एण्ड डेभ्लोप्मेन्ट पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै परिणामप्रति असहमति जनाएको हो । पार्टीले निर्वाचन आयोगमा उजुरी दिदै पुनः निर्वाचन गराउन समेत माग गरेको जनाइएको छ । गत आइतवार मतदान भइ मंगलबार सार्वजनिक भएको मत परिणाममा सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी पार्टीले अत्याधिक ठाउँमा जित हासिल गरेको छ । नोबेल शान्ति पुरस्कार विजेता साङ साङ सूकी नेतृत्वको पार्टीले दोस्रो पाँच बर्षे कार्यकालका लागि जित हासिल गरेको हो । सैन्य शासनका विरुद्धमा लामो समय संघर्ष गर्नु भएकी सूकीको पार्टीले यसअघि पनि सन् २०१५ मा अत्यधिक बहुमत ल्याएर अहिलेसम्म सरकार सञ्चालन गरेको थियो । अहिलेको निर्वाचनले पनि सूचीको पार्टीलाई सत्तामा रहन निरन्तरता दिएको छ । म्यानमारको संसद ३ सय २२ सिट ल्याएमा बहुमत हुने भएपनि सूकीको पार्टीले ३ सय ६१ सिटमा जित हासिल गरेको छ । सेना समर्थित विपक्षी पार्टीले २१ सिटमा मात्रै सफलता प्राप्त गरेको छ भने अन्य दलहरुले ४८ ठाउँबाट जितेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्