अब गैरआवासीय नेपाली नेपाल आउन पाउने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

अब गैरआवासीय नेपाली नेपाल आउन पाउने

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, दाङ ।
सरकारले नेपाली मुलका गैरआवासीय विदेशी नागरिक र उनीहरुको परिवारका सदस्यलाई यात्रा सुरु गर्नुभन्दा अघि बढीमा ७२ घण्टा भित्रको पिसिआर रिर्पोटमा कोरोना सङ्क्रमण नभएमा नेपाल प्रवेश अनुमति दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपालस्थित कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत विदेशी नागरिक र उनीहरुका परिवारलाई समेत पिसिआर रिर्पोटका आधारमा सरकारले नेपाल प्रवेशको अनुमति दिने निर्णय गरेको बताए ।
नेपाली नागरिक रहेका अधिकांश मुलुकमा नियमति उडान सुरु भएको भन्दै सरकारले अब नियमित उडानबाटै नेपालीलाई घर फर्कन प्रोत्साहित गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी गराए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्