अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज नेपाल र बंगलादेश खेल्दै – Kanika Khabar
Sunday, January 18Nepali News Portal

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज नेपाल र बंगलादेश खेल्दै

    मा प्रकाशित

एजेन्सी ।
अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह पौने ५ बजे सुरु हुनेछ ।नेपाली टोलीका कार्यकारी प्रशिक्षक बाल गोपाल महर्जनले फुटबल फर्किएकोमा खुसी रहेको बताउँदै बंगलादेशविरुद्ध जितका लागि खेल्न आफ्ना खेलाडी आतुर रहेको बताउनुभयो ।फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्