पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, काठमाडौं
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप १ हजार २०७ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमित हुनेमा ५२६ महिला र ६८१ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० गरी १ हजार २०७ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै पछिल्लो २४ घण्टामा देशभर २ हजार १११ जनामा कोरोना पुष्टि भएको मनत्रालयले जनाएको छ।

यसअघि विहीबार ९हिजो० काठमाडौंमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ गरी जम्मा ९७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्