बन्द नाका खुलाउन गएको स्थानीय र प्रहरी विच घम्साघम्सी – Kanika Khabar
Sunday, January 18Nepali News Portal

बन्द नाका खुलाउन गएको स्थानीय र प्रहरी विच घम्साघम्सी

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, रौतहट
विश्व भरि फैलिएको कारोना माहमारीबाट जनतालाई जोगाउन गत चैत्र ११ गते अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवत जावतमा रोक लगाउन बन्द गरिएको रौतहटको गौर नाका हाल सम्म नखुल्दा स्थानीय सर्वसाधरणहरुले सास्ती भोग्नु परेको छ । गौर नाका खुलाउन दवाव दिन नाकामा नागरिक समाजको नेतृत्वमा गएको स्थानीय र प्रहरी विच केहिवेर घमसाघम्सी समेत भएको छ । गौर भन्सार क्षेत्रमा निरन्तर दोस्रो दिन तनाव भएको छ । स्थानीयवासिहरुले सीमा खोल्न माग गर्दै प्रदर्शनमा उत्रेपछी अवस्था तनावग्रस्त बनेको हो । छेउको बाटो समेत बन्द भएपछी स्थानीयवासीहरु सीमा खोल्न माग गर्दै प्रदर्शनमा उत्रेका छन् । प्रदर्शनकारीहरुले जवरजस्ती ब्यरिकेड हटाई जाने प्रयास गरेपछी प्रहरिले उनिहरुलाई रोकेका थिए । अहिले सो क्षेत्रमा भारी प्रहरी बल परिचालन गरिएको छ । यस अघि लामो समय सम्म सिमा नका बन्द हुदा सीमावर्ती क्षेत्रका नागरिकहरुलाइ सास्ती भएको भन्दै आज गौर भन्सार कार्यालय क्षेत्रमा धर्ना दिइएको छ । नागरिक समाज रौतहटको नेतृत्वमा सर्वदलिय सर्वपक्षिय टोलिले भन्सार क्षेत्रमा आज बिरोध स्वरुप १ घन्टा धर्ना दिएको छ । नागरिक समाज रौतहटका अध्यक्ष जगन्नथ प्रसाद केशरिको नेतृत्वमा प्रदेश सभा सदस्य बाबुलाल साह, गौर नगरपालिकाका नगर अध्यक्ष अजय गुप्ता, नेताहरु रेवन्त झा, अनिल सिंह ,मोहन यादव,राम प्रताप सिंह ,छोटेलाल साह राकेश झा लगयातका ब्यक्तिहरुले धर्ना दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्