कोरोना मुक्त हुम्लामा ४ जना नयाँ सङ्क्रमित थपिए – Kanika Khabar
Saturday, January 17Nepali News Portal

कोरोना मुक्त हुम्लामा ४ जना नयाँ सङ्क्रमित थपिए

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, सिमकोट
कात्तिक १८ गतेदेखि कोरोना सङ्क्रमण मुक्त भएको हुम्लामा हिजो राति चार नयाँ सङ्क्रमित भेटिएका छन् । कोरोना लक्षण भएको आसङ्कामा स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको थियो । उनीहरुमध्ये चार जनामा कोरोना पोजेटिभको नतिजा देखिएको हो । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङका ५ जना स्थानीयको स्वाब परीक्षण गर्दा एक जना नेगेटिभ अन्य चार जनामा पोजेटिभ देखाएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । पछिल्लो समय ६३, ६०, ३१, र १६ वर्ष उमेर समुहका याल्वाङका स्थानीयमा सङ्क्रमण देखिएको फडेराले बताउनुभयो । उनीहरुमध्ये तीन जना महिला र एक जना पुरुष छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्