तिहारको यस्तो महासंयोग पर्‍यो ५ सय वर्षपछि – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

तिहारको यस्तो महासंयोग पर्‍यो ५ सय वर्षपछि

    मा प्रकाशित

कनिका खबर
कार्तिक २९, दाङ ।

तिहार ५ दिन मनाइन्त तर यसपालिको तिहार ४ मा झरेको छ । तिथिमा आएको घटबढका कारण तिहार ४ मा झरेको बताइएको छ ।

हिन्दुहरुको दोस्रो महान पर्व तिहार कात्तिक महिनाको शुक्लपक्ष पूर्णिमासम्म यो पर्व मनाइन्छ ।
झण्डै ५ सय वर्षपछि तिहारको यस्तो महासंयोग परेको छ । तीन ग्रहको दुर्लभ संयोगका कारण तिथिमा घटबढ भएपछि यसपटक पाँच दिन मनाइने दीपावली चार दिनमा सिमित भएको हो ।

ज्योतिषाचार्यहरुका अनुसार यो दुर्लभ संयोग आज भन्दा ५ सय वर्ष पहिले अर्थात् सन् १५२१ मा पनि बनेको थियो ।
आज शनिबारको दिन यो विशेष संयोग बनेको हो । अहिले दीप पर्व गुरु ग्रह आफ्नो स्वराशी धनु तथा शनि आफ्नो स्वराशी मकरमा रहने भएको छ । त्यस्तै, लक्ष्मीको स्वग्रह शुक्र कन्या राशीमा हुने भएको छ । अनि आज लक्ष्मी पूजा गर्ने समयमा स्वाति नक्षत्र रहने ज्योतिषीहरुले बताएका छन् । यसलाई नै महासंयोग भनिएको हो ।

 

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्