दुर्गम स्थानमा मोटरेवल पुल निर्माण सुरु – Kanika Khabar
Friday, April 19Nepali News Portal

दुर्गम स्थानमा मोटरेवल पुल निर्माण सुरु

    मा प्रकाशित

देवचन्द्र भट्ट
कार्तिक २९, नुवाकोट ।
नुवाकोटको पूर्वी भेगमा रहेको दुप्चेश्वरको तादीखोलामा पक्की मोटरेवल पुलको निर्माण सुरु भएको छ । बागमति प्रदेश सरकारको आर्थिक सहयोगमा दुप्चेश्वर–५ र तादी गाउँपालिका–४ को वीचमा रहेको तादीखोलामा पक्कि मोटरेवल पुलको निर्माण सुरु भएको हो । लामो प्रयासपछि बागमती प्रदेश सरकारको योजनामा तादिखोला पक्की पुल शिल्यान्याससँगै निर्माण कार्य सुरु भएको प्रदेश सरकारले जनाएको छ । बागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको कुल ९ करोड १३ लाख ४ हजार ९ सय ७५ रुपैयाँको लागतमा मोटरेवल पुलको निर्माण कार्य सुरु भएको हो । मोटरेवल पुल निर्माणस्थलमा हिजो पूर्वमन्त्री एवं संघीय सांसद हितबहादुर तामाङ र बागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले पुलको शिलान्याश गर्नुभयो । प्रमुख अथिति तामाङले जनताको सुविधा सरकारको पहिलो प्राथमिकता भएका कारण छिटोभन्दा छिटो पुल निर्माण सक्न निर्माण पक्षलाई निर्देशन दिनुभयो । सो पुल एक वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । उक्त पुल निर्माणपछि नुवाकोटको पूर्वी भेगमा रहेको तादी, पञ्चकन्या र दुप्चेश्वर गाउँपालिकाका हजारौं सर्वसाधारणलाई आवागमनमा सजिलो हुने आशा गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्