जेष्ठ नागरिक इतिहासका जिउँदा दस्तावेज : मन्त्री मानन्धर – Kanika Khabar
Friday, September 11Nepali News Portal

जेष्ठ नागरिक इतिहासका जिउँदा दस्तावेज : मन्त्री मानन्धर

    मा प्रकाशित

कनिका खबर
कार्तिक २९, नुवाकोट ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जेष्ठ नागरिक इतिहासका जिउँदा दस्तावेज भएको बताएका छन् । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देबिघाटमा रहेको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले जेष्ठ नागरिकको उपचार, संरक्षण र सामाजिक सुरक्षा लगायका सम्पूर्ण प्रबन्ध सरकारले गरिरहेको बताए ।
मन्त्री मानन्धरले जेष्ठ नागरिकको जीवनयापन सहज बनाउनका लागि आवश्यक सामाजिक सुरक्षा, स्वास्थ्य तथा अन्य प्रबन्ध राज्यले गरिरहेको र स्रोतले भ्याएसम्म थप सुविधा बढाउने तयारी गरिरहेको जनाए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्तीको अवसर पारेर देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले आयोजना गरेको जेष्ठ नागरिक संरक्षण दिग्दर्शन २०७७ स्मारिका विमोचन कार्यक्रममा सहभागी हुन मन्त्री मानन्धर नुवाकोट पुगेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्