आफ्नो उपचार खर्च आफैं व्यहोर्ने डाक्टर केसीको भनाइ, नागरिकको स्वास्थ्यमा ध्यान दिन आग्रह – Kanika Khabar
Friday, March 29Nepali News Portal

आफ्नो उपचार खर्च आफैं व्यहोर्ने डाक्टर केसीको भनाइ, नागरिकको स्वास्थ्यमा ध्यान दिन आग्रह

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३०, काठमाडौँ ।
कोरोना संक्रमित प्रा. डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्वीट गर्दै डा. केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएउनुभएको थियो । प्रधानमन्त्रीको यस्तो ट्वीट आएपछि डाक्टर केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताउनुभएको हो । डा. केसीले स्वास्थ्यलाभको शुभकामनाका लागि धन्यवाद समेत दिनुभएको छ । तर आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भन्दै उहाँले नागरिकप्रतिको कर्तव्य पुरा गर्न आग्रह गर्नुभएको छ । ‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक छ । उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्’ डा. केसीले विज्ञप्ती मार्फत् भन्नुभएको छ, ‘सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ ।’ साथै उहाँले आफ्नो १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न समते अग्रह गर्नुभएको छ । ‘पटकपटक भएको सम्झौता कार्यान्वयन भएको भए दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए र त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए’ केसीले भन्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्