यस्ता बस्तु कहिले पनि उपहार लेनदेन गर्नु हुँदैन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

यस्ता बस्तु कहिले पनि उपहार लेनदेन गर्नु हुँदैन

    मा प्रकाशित

 

एजेन्सी ।

उपहार मानव जीवनमा लेनदेन गरिन्छ । उपहारले मानव जीवनमा खुशी र आत्मीयता थप्ने गर्दछ । उपहार पाउने ब्यक्ति हरेक व्यक्ति खुशी हुने गर्दछन् । यो स्वाभाविक पनि हो, कसैले दिने उपहारले उसको नियतबारे स्पष्ट पार्दछ । तर, कतिपय अवस्थामा केही यस्ता चिजबिज हुन्छन् जसलाई भूलेर लिनु हुन्न । धार्मिक मान्यता अनुसार यस्ता वस्तु उपहार लिएमा घर र उपहार पाउने ब्यक्तिको जीवनमा नकारात्मक असर पर्दछ । तसर्थ जानाजान यस्ता वस्तु उपहार दिने ब्यक्तिले समेत तपाईंको भलो चिताउँदैनन् भनेर बुझ्न सकिन्छ । यी हुन् उपहारमा लिन नहुने वस्तुहरु – १. उपहारमा कहिल्यै पनि हिंस्रक जनावरको तस्वीर वा मूर्ति उपहारमा लिनु वा दिनु हुँदैन । यस्ता तस्वीर उपहारमा लिए वा दिए हिंस्रक घटना हुने सम्भावना हुन्छ । २. कहिल्यै पनि उपहारमा डुब्दै गरको जहाजको फोटो वा मूर्ति उपहारमा नलिनोस् । यस्ता तस्वीर वा मूर्ती घरमा राखे अशुभ फल प्राप्त हुन्छ । साथै आर्थिक नोक्सानी बेहोर्नु पर्ने हुनसक्छ ।  ३. चक्कू, छुरी वा कुनै तिखा हतियार उपहारमा लिनु वा दिनु हुँदैन । यसले दुबैको सम्बन्ध बिर्गाछ । ४. कालो वस्त्र कहिल्यै कसैलाई उपहार दिनु हुदैँन । यसलाई अपसगुन मानिन्छ । यसलाई मृत्यु कारक पनि मानिन्छ ।  ५. उपहारमा जुत्ता दिनु वा लिनुसमेत हानिकारक हो । यो विछोडको प्रतीक मानिन्छ । अझ प्रेमीप्रेमिकाले यी सामग्री उपहारमा दिन लिन बन्द गर्नु पर्दछ । ६. उपहारमा रुमाल दिनु समेत हानिकारक मानिन्छ । यो जीवनमा दुःखको कारण र कष्टको कारक मानिन्छ । रुमाल दिने प्रेमजोडीको मिलन नहुने मान्यता छ ।  ७. उपहारमा घडी समेत दिनु हुँदैन । घडी उपहारमा दिए यसले जीवनमा प्रगती रोक्ने मान्यता छ । एजेन्सीको सहयोगमा

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्