भारतबाट नेपाल आउने चाप – Kanika Khabar
Thursday, April 18Nepali News Portal

भारतबाट नेपाल आउने चाप

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १, रुपन्देही ।
भारतका विभिन्न सहरबाट नेपालीहरु नेपाल आउने क्रम जारी छ । भारतले दशगजामा ल्याएर नेपालीहरुरूलाई छोड्ने गरेसँगै नेपाल भित्रनेहरुको चाप बढेको हो ।
सीमानाका क्षेत्रका स्थानीय तहले नेपालीलाई स्वास्थ्य परीक्षण गर्दै विद्यालयल तथा सार्वजनिक भवनहरुमा राख्न सुरु गरेका छन् ।

हालसम्म भारतबाट प्रदेश नम्बर ५ मा मात्रै झण्डै ३ हजार नेपाली नेपाल प्रवेश गरेका छन् । उनीहरूलाई सम्बन्धित क्षेत्रका स्थानीय तहले सुरक्षित साथ राखिरहेको छ तर नेपालीहरुको चाप बढेकाले अब भने उनीहरुको व्यवस्थापनामा कठिनाइ आउन सक्ने स्थानीय प्रशासनले चिन्ता व्यक्त गरेको छ ।

रुपन्दहेहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले आजसम्म उनीहरुलाई व्यवस्थापन गर्न सकेको भए पनि भोलिदेखि समस्या हुनसक्ने बताए । भारतले पिसिआर परीक्षण नगरिकन नेपालीहरूलाई सीमा क्षेत्रमा छोडिदिएको भन्दै आलोचना पनि भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्