थप १ हजार ४ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

थप १ हजार ४ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३०, दाङ ।
बितेको २४ घण्टामा मुलुकभरमा १ हजार ४ सय ७७ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । २ हजार ७ सय ९८ जना भने कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या भने १ लाख ७३ हजार ४ सय ३० पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म पीसीआर विधिबाट १६ लाख ९ हजार ७९ परीक्षण गरिएको र पछिल्लो २४ घण्टामा जम्मा ६ हजार ४ सय ७६ पीसीआर परीक्षण भएको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्