लकडाउन खुकुलो नपार्न डब्लुएचओको निर्देशन – Kanika Khabar
Sunday, April 27Nepali News Portal

लकडाउन खुकुलो नपार्न डब्लुएचओको निर्देशन

    मा प्रकाशित

कनिका सम्वाददाता
जेठ २, दाङ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारी नियन्त्रणमा नआइसकेको भन्दै विश्वका कतिपय देशले जारी लकडाउन खुकुलो पार्ने निर्णय गरेको प्रति आपत्ति जनाएको छ । भाइरस नियन्त्रणको प्रयास जारी रहेका बेला लकडाउन खुकुलो पार्दा फेरि समस्या आउने डब्लुएचओको चेतावनी छ ।

डब्लुएचओका आपतकालीन निर्देशक डाक्टर माइक रायनले हतार गरेर लकडाउन खुकुलो नबनाउन देशहरुलाई आग्रह गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । कोरोना भाइरसका कारण हालसम्म विश्वभर २ लाख ९८ हजार १ सय को मृत्यु भएको छ भने ४४ लाख २९ हजार मानिस सङ्क्रमित भएका छन् । भाइरसका कारण सङ्क्रमित भएका मध्ये १६ लाख ५९ हजार भने निको भएर घर फर्किएका छन्

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्