नेवार समुदायमा आज पनि भाइटीका – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेवार समुदायमा आज पनि भाइटीका

    मा प्रकाशित

कनिका खबर
मंसिर २, काठमाडौं
नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन् । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो । नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । धेरैजसोले भने हिजो मंसिर १ गते नै भाइटीका लगाएका छन् । भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ । दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ । मन्दिर हिजो पनि खुल्ला गरिएको थियो । कोरोना भाइरसको संक्रमणका कारण स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरेर मन्दिर जाने व्यवस्था मिलाईएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्