देशका विभिन्न जिल्लामा हिमपात, चिसो ह्वात्तै बढ्यो – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

देशका विभिन्न जिल्लामा हिमपात, चिसो ह्वात्तै बढ्यो

    मा प्रकाशित

कनिका खबर
मंसिर २, दाङ ।

पश्चिमी वायुको प्रभावसँगै देशका विभिन्न स्थानमा हिमपात सुरु भएको छ । हिमपात सुरुसँगै चिसो पनि श्वात्तै बढर आएको छ ।
जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको हो ।
हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन पनि प्रभावित भएको छ ।हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखामा हिउँ परेको छ ।

लुम्बिनी प्रदेशमा पर्ने पूर्वी रुकुमको दुले भन्ने स्थानमा पनि हिमपात भएको स्थानीयले बताएका छन् । मुस्ताङका जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको छ ।हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जमेको छ । उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीमा झरेको छ । हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रमा हिजो दिउँसोबाट हिउँ परेको छ ।

तस्वीर अर्जुन बोहोरा, हुम्ला

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्