५ किलो चरेससहित २ जना पक्राउ – Kanika Khabar
Friday, May 1Nepali News Portal

५ किलो चरेससहित २ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
मंसिर २, वीरगञ्ज ।
वीरगञ्जमा ५ किलो चरेससहित २ जना पक्राउ परेका छन् । पर्साको वीरगञ्जबाट लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

चरेससँगै पर्सा वीरगञ्ज महानगपालिका–२ छपकैया बस्ने २८ वर्षीय अभिषेक श्रीवास्तव र वीरगञ्ज–५ वयुका २३ वर्षीय धीरज पटेल पक्राउ परेका हुन् ।

नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागेपछि उनीहरुमाथि खानतलास गर्दा ४ किलो ९०० ग्राम चरेस बरामद भएको वडा प्रहरी कार्यालय विर्ता, पर्साका प्रहरी निरीक्षक राजेशराज पुरीले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्