कनिका खबर
मंसिर ३, दाङ ।
नेपालमा हालसम्म २८ हजार २ सय ७ जना कोरोना सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले हालसम्म देशभर २८ हजार २ सय ७ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको बताएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ७ सय ३५ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा ३ हजार ४ सय २, प्रदेश २ मा ६८४, लुम्बिनी प्रदेशमा २२०३, सुदूरपश्चिम प्रदेशमा १००५, गण्डकी प्रदेशमा १९६५ र कर्णाली प्रदेशमा २१३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।


