नेपालमा हाल ३५६ जना सङ्क्रमितको सघन कक्षमा उपचार हुँदै – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

नेपालमा हाल ३५६ जना सङ्क्रमितको सघन कक्षमा उपचार हुँदै

    मा प्रकाशित

कनिका खबर
मंसिर ३, दाङ ।
नेपालमा हाल ३ सय ५६ जना कोराना सङ्क्रमितको सघन कक्षमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३ सय ५६ कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार ३८ जना भेन्टिलेटरमा र ३ सय १८ जना संक्रमित आइसियुमा उपचाररत छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०३ जना छन भने २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

लुम्बिनी प्रदेशमा ६४ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आइसियु र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा १६ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७८ आइसियु र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्