शरीर जोडिएका शिशु जन्मिए – Kanika Khabar
Wednesday, April 29Nepali News Portal

शरीर जोडिएका शिशु जन्मिए

    मा प्रकाशित

रासस
मंसिर २, बलेवा  ।
प्रसूति व्यथाले च्यापेको लामो समयपछि धौलागिरि अस्पताल पुगेकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी छिन् । पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पतालमा आज शरीर जोडिएका शिशुलाई जन्म दिएकी हुन् ।

प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी उनलाई पर्वत अस्पताल पठाइएको थियो । पर्वत अस्पताल कुश्माले समेत अवस्था गम्भीर रहेको भन्दै उनलाई धौलागिरि अस्पताल बागलुङमा पठाएको थियो । “उहाँ सोमबार साँझ अस्पताल आउनुभएको हो”, अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले भने, “आज बिहान शिशु जन्मिएका हुन् ।” शल्यक्रियाका लागि जोखिमपूर्ण अवस्था रहेको भन्दै चिकित्सकहरुका बीचमा छलफल चलिरहेकै बेला उनले शिशु जन्माएकी गौतमको भनाइ छ ।

“शरीर जोडिएको शिशु जन्मिए, अवस्था गम्भीर थियो”, चिकित्सकलाई उल्लेख गर्दै गौतमले भने, “गर्भ जाँच नगराएको जस्तो लाग्यो, जाँच गरेको भए असामान्य अवस्थामा शिशु रहेको थाहा हुन्थ्यो ।” शरीर जोडिएर जन्मिएका शिशुलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको गौतमले बताए र

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्