काठको ठेकीबाट गुजारा टार्दै पूर्व माओवादी लडाकु – Kanika Khabar
Sunday, May 19Nepali News Portal

काठको ठेकीबाट गुजारा टार्दै पूर्व माओवादी लडाकु

    मा प्रकाशित

दिपक वली
मंसिर ३, दाङ ।
२०५६ सालमा जनयुद्धमा लागेका दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर -३ बस्तीखोलाका भीमबहादुर विक अर्जुनले १५ वर्षसम्म तत्कालीन नेकपा माओवादीमा सक्रिय भए । देशका विभिन्न स्थानमा भएका लडाईँका मोर्चामा सहभागी अहिले पुर्ख्यौली पेशा काठको ठेकी बनाएर दैनिकी चलाइरहेका छन्।
परिवर्तनका लागि भनेर १० वर्षे सशस्त्र युद्धमा हिंडेका दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर–३ बस्तीखोलाका भीमबहादुर विक अर्जुनलाई पुरानै पेशामा फर्कनु पर्छ भन्ने लागेको थिएन । देशमा परिवर्तनका लागि हतियार समातेका अर्जुन अहिले पनि हतियार नै चलाउँछन्। तर अहिले उनले चलाउने हतियार र उद्देश्य फरक छ ।
उनी अहिले देशको परिवर्तनका लागि हैन पेट पाल्नका लागि हतियार चलाउँछन्। ५ छोरी र श्रीमतीसहित ७ जनाको पालनपोषणका लागि उनले ठेकी बनाउने पुर्ख्यौली पेशा अँगालेका छन् ।
२०६३ सालमा शान्तिवार्ता भएपछि पार्टीकै निर्देशनमा वाइसीएल बनेर निस्किएका अर्जुनले २०७० सालको निर्वाचनसम्म पनि पार्टीकै निर्देशनमा काम गरे। तर उनलाई पार्टीको काम चित्त बुझेन । अनि २०७१ सालमा उहाँ यो पेशामा फर्के । गिट्ठाको रुख खोज्नु, त्यसलाई ताछेर विभिन्न साइजका ठेकी बनाउने र त्यसलाई गाउँगाउँमा लगेर विक्री गर्नु अहिले अर्जुनको दैनिकी बनेको छ ।
नेताका चिल्ला भाषणको प्रभावमा परेर १६ वर्षे लक्का जवानीमा २०५६ सालमा युद्धमा लागेका अर्जुन अहिले आएर जवानी खेर फालेकोमा पछुतो मान्छन् ।
अर्जुनले पुर्ख्यौली पेशाको संरक्षणका लागि भाइहरुलाई आग्रह गरे पनि मानेनन् । तर छोरी ओमकुमारीले भने बुवाको पेशामा सघाउँदै र रमाउँदै आएकी छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्